विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठाैँ महाधिवेशन लम्बिने भएको छ । अस्ति आइतवार देखि सुरु भएको महाधिवेशन १५ गते सक्ने कार्यतालिका थियो । तर अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न बनाइएका २५ वटा समूहलाई थप समय दिनुपर्ने भएकाले महाधिवेशन १६ गतेसम्म लम्बिने स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटी सदस्य र प्रदेश इन्चार्जहरूले समूहगत छलफल चलिरहेका समूहमा गएर सहजीकरण गर्ने निर्णय गरेकोे पनि पौडेलले जानकारी दिनुभयो ।
यस्तै केन्द्रीय कमिटीमा क्लस्टरकाे आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायतको प्रतिशत र संविधानमा व्यवस्था गरिएअनुसार समानुपातिक प्रतिनिधित्वका लागि नाम सङ्कलन गर्ने पनि निर्णय भएको छ ।
सम्बन्धित समाचार
यसैबीच नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले महाधिवेशनमा पूरक प्रस्ताव पेस गर्नुभएको छ । अध्यक्ष प्रचण्डले पेस गरेको दस्तावेजमा केही कुरा अस्पष्ट भएको र समावेश नै नभएको भन्दै कार्कीले पूरक प्रस्ताव पेस गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।