प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)

 पुष १४, २०७८ बुधबार ७:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ । आयोगले १३ हजार ९३ जनाका लागि आजदेखि विज्ञापन खुलाएको हो ।

प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ । खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामाफर्त स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ । योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् । उम्मेदवारले online.tsc.gov.np/  मा आवेदन दिन सक्नेछन् । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया