एक अर्ब २० करोड रुपैयाँ कर छलीको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर

 पुष २०, २०७८ मंगलबार १६:३१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले एक अर्ब २० करोड रुपैयाँ कर छलीको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर १ नर्सरी चोकको आनसान इन्टरनेशनल कम्पनीका चार जना सञ्चालकहरू शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल र सान्टु ढकाल तथा लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रमुख राजेश्वर श्रेष्ठविरुद्ध विभागले कर छलीको मुद्दा दर्ता गरेको हो ।

उनीहरूले नक्कली तथा झुटा भ्याट बिल र अन्य वित्तीय विवरण तयार गरेर तिर्नुपर्ने कर नतिरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । उनीहरूले भ्याटतर्फ ४२ करोड २६ लाख रुपैयाँ, आयकरतर्फ ६८ करोड ४८ लाख रुपैयाँ र लाभांशतर्फ नौ करोड ७४ लाख रुपैयाँ गरी एक अर्ब २० करोड ४९ लाख रुपैयाँ छर छलेको देखिएको विभागको दाबी छ ।

एक अर्ब २० करोड ४९ लाख रुपैयाँको दोब्बर हुन आउने दुई अर्ब ४० करोड ९८ लाख रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया