फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाखभन्दा धेरै सिरिन्ज नेपाल आइपुगेको छ ।
कतार एअरलाइन्सको नियमित उडानमार्फत आज मङ्गलवार ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ । फाइजर खोपमा प्रयोग हुने शून्य दशमलव तीन एमएलको सिरिञ्ज काठमाण्डौ आइपुगेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।
सिरिन्ज अभावकै कारण काठमाण्डौ उपत्यकासहित आठ जिल्लाका बालबालिकालाई यही पुस १३ गतेदेखि दिने भनिएको खोप अभियान प्रभावित भएको थियो । फाइजर खोपमा प्रयोग हुने सिरिन्ज आइपुगे पनि काठमाण्डाै उपत्यकाका तीन जिल्लाका बालबालिकालाई मात्रै फाइजर खोप दिइने भएको छ । थप फाइजर खोप आउने सुनिश्चितता नभएका कारण काठमाण्डाै, भक्तपुर र ललितपुरका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मात्रै यो खोप दिइने उहाँले बताउनुभयो ।
दुई/तीन दिनभित्रै यी तीन जिल्लाका बालबालिकाका लागि फाइजर खोप दिइने उहाँले बताउनुभयो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाण्डाै उपत्यकाका तीन जिल्लासहित काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई पुस १३ गतेदेखि नै फाइजर खोप दिने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।