शेयर बजार आज ४३ अङ्कले बढ्याे

 पुष २२, २०७८ बिहीबार १५:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बिहीवार बढेको छ । लगातार चार दिन बढेर हिजो बुधवार झन्डै ३१ अङ्कले घटेको नेप्से आज ४३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव ४७ विन्दुमा पुगेको छ । 

आज व्यापार र उत्पादन समूहबाहेक सबै समूहको शेयर बढेको छ । आज निर्जीवन बीमा समूहको शेयर दुई सय ४३ अङ्कले बढेको छ । यस्तै जीवन बीमा, होटल र पर्यटन समूहको शेयर पनि एक सय अङ्कभन्दा धेरैले बढेको छ । 

आज दुई सय ३८ कम्पनीका ७३ लाख ३६ हजार कित्ता शेयर तीन अर्ब ६७ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

आज नेपाल फाइनान्स लिमिटेड, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । आज विशाल बजार कम्पनीको शेयर भने दुई प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया