पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताक...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको छ । जोहानेसबर्गमा दोस्रो टेस्टको पाँचौं दिन दक्षिण अफ्रिकाले खेल सकिन ६ ओभर २ बल बाँकी छँदै भारतले दिएको २ सय ४० रनको लक्ष्य ३ विकेट गुमाएर भेट्टायो ।
दक्षिण अफ्रिकाका डेन इल्गरले अविजित ९६ रनको पारी खेले । टस जितेर पहिला ब्याटिङ गरेको भारतले २ सय २ रन बनाएको थियो । दक्षिण अफ्रिकाले २ सय २९ रन बनाएको थियो । पहिलो पारीमा २७ रनले पछि परेको भारतले दोस्रो पारीमा २ सय ६६ रन बनाएको थियो । समग्रमा भारतले २ सय ३९ रन बनाएको थियो ।
यो जितपछि श्रृंखला १–१ को बराबरी भएको छ । पहिलो टेस्ट भारतले जितेको थियो । तेस्रो तथा अन्तिम टेस्ट केपटाउनमा जनवरी ११ देखि सुरु हुनेछ । टेस्ट क्रिकेटपछि भारत र दक्षिण अफ्रिकाबीच तीन एकदिवसीय खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।