संसद् अवराेध : ओलीसँग संवाद गर्न प्रधानमन्त्रीलाई सुझाव

 पुष २३, २०७८ शुक्रबार १७:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थप पहल गर्न आग्रह गर्नुभएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धन दलका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको बैठकमा संसद् अवरोध हटाउने बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । बैठकमा नेताहरूले प्रधानमन्त्री देउवालाई प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग संसद् चल्न दिने सम्बन्धमा संवाद गर्न सुझाउनुभएको उहाँले बताउनुभयो ।

एमाले अध्यक्ष ओलीसँगको संवादपछि हुने प्रतिक्रियाका बारेमा गठबन्धन दलको बैठकमा थप छलफल गरेर अघि बढ्ने बैठकमा सहमति भएको छ । एमालेले आफ्ना केही माग राखेर संसद्को चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठकमा अवराेध गर्दै आएको छ ।

बैठकमा आसन्न राष्ट्रिय सभा सदस्य चुनावमा गठबन्धनका उम्मेदवारलार्ई विजयी गराउने सम्बन्धमा समेत छलफल भएको थियो । आउँदाे माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावमा गठबन्धन दलले साझा उम्मेदवार तय गरी उम्मेदवारको मनोनयनपत्र दर्ता गराइसकेका छन् । बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया