नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार ७३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७३ दशमलव शून्य पाँच अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ५२ विन्दुमा पुगेको हो ।
सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय ४८ अङ्कले, विकास बैंकको दुई सय ५७ अङ्कले, माइक्रोफाइनान्स समूहको साढे ७० अङ्क र उत्पादन समूहको शेयर एक सय ३८ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९५ र निर्जीवन बीमा समूहको शेयर तीन सय ७९ अङ्कले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज एक करोड ५० लाख ५८ हजार कित्ता शेयर सात अर्ब १० करोड १८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज नेपाल हाइड्रो डेभलपर्स, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रो र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।