तयारी कपडाको मूल्य अत्यधिक बढ्याे

 पुष २६, २०७८ सोमबार ७:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तयारी कपडाको मूल्य अत्यधिक बढेको छ । गएको वर्षको तुलनामा तयारी कपडामा २० प्रतिशतदेखि शत प्रतिशतसम्म मूल्य बढेको काठमाण्डौको कोटेश्वरमा कपडा व्यापार गर्ने विनोद दाहालले बतानुभयो ।

होलसेल पसलमै मूल्य बढेको कारण आफूहरुलाई बिक्री गर्न समेत समस्या भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष उस्तै कपडा किनेका ग्राहक यो वर्ष मूल्य सुन्दा आत्तिने गरेका उहाँले बताउनुभयो ।

कोरोना महामारी सुरू भएयता अन्तर्राष्ट्रिय बजारमा मजदुरको पारिश्रमिक वृद्धि हुनुका साथै ढुवानी भाडा बढेपछि विदेशबाट नेपालमा आयात हुने विभिन्न ब्रान्डका तयारी कपडाको मूल्य बढेको व्यापारीहरूले बताएका छन् ।

हिजो राष्ट्रिय व्यापार सङ्घले काठमाण्डाैमा आयोजना गरेको १७औँ वार्षिक साधारण सभा तथा नवौँ महाधिवेशनमा नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष अशोक श्रेष्ठले कोरोना महामारीका कारण चीनतर्फका तातोपानी र रसुवागढी नाकाको अवस्था व्यापारीहरूका लागि भयावहजस्तै बनेकाले ढुवानी भाडा अत्यधिक रूपमा बढेको बताउनुभयो ।

उहाँका अनुसार रसुवागढी नाकाबाट नेपाली व्यापारीहरूले सामान आयात गर्दा चीनतर्फबाट नेपालतर्फको सिमानामा सामान ल्याइ पुर्याउन २२ किलोमिटर दूरीमा प्रतिगाडी भाडादर चार लाख ५० हजार रुपैयाँभन्दा बढी तिर्नु परेको छ । यसले गर्दा कपडाको मूल्य झण्डै ५० प्रतिशत बढेको श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया