नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को अहिलेसम्मको खर्चको समीक्षा बैठकमा उहाँले सचिवहरूलाई यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्नुहुँदै जसरी पनि खर्च गर्न आग्रह गर्नुभयो । ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि मैले रातको १२ बजे पनि तपाईँहरूलाई सहयोग गर्न तयार छु ।’
मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपाय खोज्न बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गर्नुभएको हो । उहाँले ठूला योजनाहरूमा पालिका र स्थानीय नागरिकलाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उहाँको भनाइ छ ।
त्यस्तै मन्त्री शर्माले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । उहाँले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने बताउनुभयो । ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्याे । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्याे । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’
अहिले पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच हिजो सोमवारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९ दशमलव ३९, चालु खर्च ३८ दशमलव ९ र वित्तीय खर्च २५ दशमलव ४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा अहिलेसम्म २९ दशमलव ११ प्रतिशत बजेट खर्च भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।