फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – लिपुलेकको नेपाली भूमिमा भारतले सडकलगायतका संरचना बनाइरहँदा पनि सरकार मौन बसेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डाक्टर राजन भट्टराईले आज मङ्गलवार विज्ञप्ति निकालेर सीमालगायत थाँती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमति विपरीत भारतले नेपाली भू–भागमा सडकलगायत संरचना निर्माण गरेकोमा एमालेको ध्यानाकर्षण भएको बताउनुभएको हो । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेले जनाएको छ ।
राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौँ प्रश्न उठेकाे विज्ञप्तिमा भनिएको छ । साथै एमालेले भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भू–भागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेको छ ।
नेपाल –भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीच थाँती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी सहमति भए पनि त्यसको विपरीत भारतीय पक्षबाट संरचना निर्माणलाई तीव्रता दिएको भन्दै एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
यस्ताे छ विज्ञप्ति–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।