बाजुरामा भूकम्पले क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा अलमल
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीका लागि संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताउनुभएको छ ।
सुरक्षित आप्रवासन परियोजना (सामी) तेस्रो चरणको प्रगति समीक्षा तथा भावी कार्ययोजनाबारे पोखरामा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीको विषय साझा सरोकारको विषय भएकाले संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय तथा सहकार्य गर्दै जाने बताउनुभयो ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रलाई चलायमान बनाएको भए पनि यसका नकारात्मक पक्ष तथा चुनौतीहरु रहेको चर्चा गर्नुहुँदै चुनौतीहरुलाई सम्बोधन गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारबीच नीतिगत परिवर्तन, लागत साझेदारी, प्रभावकारी कार्यान्वयन र समस्याको दीगो समाधानको लागि समन्वय तथा सहकार्य हुनु आवश्यक रहेको बताउनुभयो । सरकारको प्राथमिकता आन्तरिक रोजगारीको क्षेत्र प्रवर्द्दन गर्दै बाध्यकारी वैदेशिक रोजगारलाई अन्त्य गर्ने भए पनि वैदेशिक रोजगारको क्षेत्र व्यवस्थापन गर्नु सबैको प्राथमिकता हुनुपर्ने उहाँको भनाइ छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्विटजरल्याण्ड सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुरुप सामी परियोजना सञ्चालनमा रहेको छ । जसको नीतिगत अगुवाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको भने प्रदेश सरकारले समन्वय र अनुगमनको भूमिका निर्वाह गरिरहेको छ साथै स्थानीय सरकारहरुको नेतृत्वमा यो परियोजना कार्यान्वयनमा छ ।
परियोजनाले ४ लाख ५१ हजार जनालाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रदान गरेको, १३ हजार १७७ जनालाई नि:शुल्क कानुनी सहायता, वैदेशिक रोजगारको कारण मनोसामाजिक समस्या न्यूनीकरणका लागि २३ हजार ४१७ जनालाई मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता २१ हजार २७ जनालाई साथै नि:शुल्क सीप तालिम ३ हजार ३५१ जनालाई प्रदान गरेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।