वैशाखमा चुनाव नभए लोकतन्त्र र सङ्घीय प्रणालीमा नकारात्मक प्रभाव पर्ने निर्वाचन आयोगको ठहर

 पुष ३०, २०७८ शुक्रबार १७:७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले तोकिएको समयमै चुनाव नभए स्थानीय सरकार सञ्चालनमा सङ्कट आउने भन्दै दलहरूलाई सचेत गराएको छ ।

आजको सर्वदलीय बैठकपछि आयोगले विज्ञप्ति निकालेर समयमै चुनाव नभए पालिका तह सञ्चालनमा सङ्कट आउने उल्लेख गरेको छ । आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्भावित सङ्कटबारे ब्रिफिङ गर्नुभएको थियो ।

जनप्रतिनिधिको पाँच वर्षे पदावधि आउँदो जेठ ५ गते सकिने र पालिकाको चुनाव गर्न कम्तीमा ५३ क्रियाकलाप सम्पन्न गर्नुपर्ने भएकाले कानुनतः १२० दिन आवश्यक पर्ने भएकाले माघको पहिलो हप्ताभित्रै मिति नतोके प्राविधिक, व्यवस्थापकीय एवम् व्यावहारिक दृष्टिले चुनाव गर्न कठिन हुने भएकाले गम्भीरतापूर्वक लिन आयोगले दल तथा सरोकारवाला सबैको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया