त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म पढाइ बन्द : चलिरहेका परीक्षा भने नरोकिने

 माघ १, २०७८ शनिबार १५:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म पढाइ बन्द गरेको छ । कोरोना भाइरसको सङक्रमण बढेको भन्दै त्रिविले विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसलाई माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको हो । विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी माघ १० गतेसम्म बिदा दिने निर्णय भएको विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले सूचना निकालेर अहिले चलिरहेको परीक्षा भने यथावत् सञ्चालन हुने जनाएको छ । परीक्षा केन्द्रहरुमा स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ । 

निकटमै परीक्षा हुने विषय तथा कार्यक्रममा पठनपाठन आवश्यक भएमा अनलाइन माध्यमबाट गराउन भनिएको छ । माघ १० पछि भने पालिकासँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ । यस्तै त्रिभुवन विश्वविद्यालयमा कार्यरत कुनै शिक्षक, कर्मचारीलाई कोरोना भाइरसको सङक्रमण भएमा १० दिन बिदा पाउने भएका छन् । 


 

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया