प्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्च अदालतद्वारा दरपीठ

 माघ २, २०७८ आइतबार १८:४३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको रिट दरपीठ गरिदिएको छ । 

आज सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले अधिवक्ता माधवकुमार बस्नेतले दायर गर्नुभएको रिट दरपीठ गरिदिनुभएको हो । 

प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ता बस्नेतले सर्वोच्च अदालतसमेतलाई विपक्षी बनाइ पेस गर्नुभएको रिट रजिस्ट्रार पन्थीले सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिदिनुभएको हो । 

अधिवक्ता बस्नेतले प्रधानन्यायाधीश जबराविरुद्ध गम्भीर प्रकृतिका आरोप लागेकाले छानबिनसहित कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्न भनी प्रतिनिधि सभाका सभामुखको नाममा परमादेश माग गर्नुभएको थियो । तर, क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिएको आदेशमा उल्लेख छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया