एन्फा महिला लिगमा पुलिसले वालिङलाई ४–१ गोलले हरायो
माघ १, २०८१ मंगलबार
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवनसंहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवनसंहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको बताउनु भएकाे हाे ।
२४औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर पालिका तहले पनि भवन निर्माण गर्दा भवनसंहिताको पूर्ण पालना गराउनुपर्नेमा जोड दिनु भयो ।
प्रधानमन्त्री देउवाले विगतको अनुभव र पाठबाट सिकेर विपद्का बेला तत्काल दक्ष जनशक्तिको परिचालन हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिनु भयो ।
उहाँले सुरक्षित भवन निर्माण गर्ने र भूकम्पसहितका विपद् जोखिम न्यूनीकरण गर्ने कार्यमा तीन वटै तहको सरकारको बलियो सहकार्यको आवश्यकता पनि औँल्याउनु भयो ।
कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले भूकम्प प्रतिरोधी भवन निर्माण गरेर त्यसको जोखिम न्यूनीकरणको अभियानमा जुट्न प्रदेश र पालिका तहको सरकारलाई आग्रह गर्नु भयो । उहाँले त्यसका लागि सङ्घीय सरकारले आवश्यक कानुनको व्यवस्था गरेको पनि दाबी गर्नु भयो ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पालसकालले भवनसंहिताको पालना गरेर भवन निर्माण गरिदिए विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउन सकिने बताउनु भयो । उहाँले संविधानले विपद् जोखिम न्यूनीकरणमा तीन वटै तहका सरकारले भूमिकालाई तोकिदिए पनि त्यही अनुसारको काम हुन नसकेको बताउनु भयो ।
मन्त्री झाँक्रीले भवनसंहिताको पूर्णपालना गरेर भूकम्प प्रतिरोधी भवन निर्माण गर्न पनि सबैलाई आग्रह गर्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।