कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
गएराति भएको फाइनल खेलमा एट्लेटिको बिल्बाओलाई २–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो । साउदी अरेबियामा भएको खेलमा रियल मड्रिडलाई जिताउन लुका मोड्रिक र करिम बेन्जिमाले एक-एक गोल गरे ।
खेलको ८७औँ मिनेटमा एडर मिलिताओले रातो कार्ड पाएपछि रियल मड्रिड अन्तिमको केही समय १० खेलाडीमा सीमित भएको थियो । सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औँ पटक सुपर कप च्याम्पियन बनेको छ ।
तस्बिर : द गार्जियन
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।