थप ६ हजार ७ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि : सक्रिय सङ्क्रमित ३० हजार नाघे

 माघ ३, २०७८ सोमबार १६:५८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

अब नेपालमा सक्रिय सङक्रमितको सख्या ३० हजार ८ सय ७७ रहेको छ । गएको २४ घण्टामा कोरोनाका कारण तीन जनाले ज्यान गुमाएका छन् । याेसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ६ सय २३ जना पुगेको छ । 

गएको २४ घण्टामा ५ सय ४७ जना कोरोना सङक्रमित निको भएका छन् । यस्तै २४ घण्टामा १ लाख ४३ हजार ३ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अब नेपालमा कोरोनाको खोप लगाउनेको संख्या २ करोड ८१ लाख ८ हजार ८ सय ६० जना पुगेको छ । यसमध्ये  १ करोड ५८ लाख ९५ हजार ८ सय २८ जनाले एकमात्रा र १ करोड २२ लाख १३ हजार ३२ जनाले दुबै डोज खोप लगाएका मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया