२५ जनाभन्दा धेरैको उपस्थितिमा कार्यक्रम नगर्न एमालेको निर्देशन

 माघ ३, २०७८ सोमबार २०:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर २५ जनाभन्दा धेरैको उपस्थितिमा पार्टी  तथा जनसङ्गठनका कार्यक्रम नगर्न निर्देशन दिएको छ । 

पार्टी केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्मनाथ अधिकारीले आज प्रदेश र सबै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर गरी कोराेनाको तेस्रो लहरसम्बन्धी सरकारले  लागू गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न निर्देशन दिनुभएको हो । 

यस्तै, पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाउँदै गर्न र पार्टीका स्थानीय कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधि कोभिड–१९ को महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै नागरिकको सेवामा सक्रिय रहन भनिएको छ ।
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया