फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् ।
आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा गाडी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अन्यौल देखिएपछि आज पुनः विज्ञप्ति निकालेर थप स्पष्ट पारिएकोे हो । पछिल्लो सूचना अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका गाडीमा जोरबिजोर प्रणाली लागू हुने छैन ।
यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने गाडी पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । यसैगरी निर्माण सामग्री बोक्ने गाडीमा चालक र सहचालक मात्र हुनुपर्नेछ । परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने गाडी सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका गाडी, सरकारी र कूटनीतिक नियोगका गाडी पनि सञ्चालन गर्न पाइनेछ ।
यसैबीच यातायात व्यवसायीहरुले गाडीमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग गाडीमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको हो । छलफलका क्रममा यातायात व्यवसायीहरुले जोरबिजोर प्रणाली लागू गरेर कोरोना सङक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु गाडी कम चलेमा ती चल्ने गाडीमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायी जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन् । यद्यपी सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाई छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गाडीमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।