चुनावकाे मिति ताेकेर पालिकालाई पूर्णता दिने जिम्मेवारी सरकारकाे हाे : आयाेग

 माघ ९, २०७८ आइतबार १४:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले चुनावकाे मिति तोकेर पालिकालाई पूर्ण गराउनुपर्ने जिम्मेवारी सरकारको भएको बताएको छ । पालिकाका प्रतिनिधिकाे पदावधि सकिँदै गएकाले आउँदाे जेठ ५ गतेअघि नै चुनाव गराएर पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो । 

आज आइतवार हामीसँगकाे कुराकानीमा आयाेगका सहसचिव एवम् सहप्रवक्ता कोमलप्रसाद धमलाले स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार जस्तो यो ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो चुनावकाे हकमा चुनावकाे मिति तोकिएको सातौँ दिन निर्वाचित भएको सदस्य निर्वाचित भएको मानिने बताउनुभयो । 

आयाेगका सहप्रवक्ता धमला

२०७४ जेठ ३० गते चुनाव भएको आधारबाट हेर्दा जेठको ५ गते राति १२ बजेदेखि अहिलेका पालिकाका प्रतिनिधिकाे पदावधि सकिने आयाेगका सहप्रवक्ता धमलाले उल्लेख गर्नुभयो । उहाँले चुनाव राजनीतिक र कानुनी विषय भएकाले यसकाे तयारीका लागि एक सय २० दिनको समय रहेकाले सरकारले चाँडै मिति तोकिदिएमा तयारीमा जुट्न सजिलो हुने र तयारी राम्रोसँग गर्न सकिने बताउनुभयो ।

सहप्रवक्ता धमलाले पालिकाका प्रतिनिधिकाे पदावधिको समय सकिँदै गएको र त्यसलाई लम्ब्याउने र छोट्याउने प्रावधान कानुनले नदिएकले संविधानले तोकेको समयमा नै चुनाव गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘सरकारले चुनावकाे मिति अब छिट्टै घोषणा गर्नुपर्छ । त्यसो नभए समयमा चुनाव गर्न सकिँदैन, सबै स्पष्ट भइसकेको विषय हो । पालिकाका प्रतिनिधिकाे पदावधि सकिँदै छ, पदावधि बढाउने, लम्ब्याउने प्रावधान कानुनले दिएको जस्तो लाग्दैन, त्यसो हुँदा पालिकालाई खाली राख्नु पनि हुँदैन ।’

निर्वाचन आयोगले पालिकाकाे चुनाव र पदावधीसम्बन्धी सबै जानकारी सबै राजनीतिक दललाई औपचारिक रूपमा गराइसकेको बताएको छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया