नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव ८३ अङ्कले घटेर दुई हजार नौ सय २० दशमलव ५१ विन्दुमा झरेको छ ।
आज बीमा, उत्पादन र अन्यबाहेक अरू सबै समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर ७३ अङ्कले, फाइनान्स समूहको शेयर ७२ अङ्कले, होटल समूहको ५२, व्यापारको ४६ र बैंकिङ समूहको शेयर साढे १६ अङ्कले घटेको छ ।
आज दुई सय ३२ वटा कम्पनीकाे एक करोड ४७ लाख कित्ता शेयर सात अर्ब तीन करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ३२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज साम्लिङ पावर कम्पनीको शेयर साढे ६ प्रतिशत र गुर्खाज फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्राेको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युत् कम्पनीको शेयर नौ दशमलव ७३ प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।