प्रिमियर लिगमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले हरायाे

 माघ १०, २०७८ सोमबार ७:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ ।

गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले हराएको हो ।

लिभरपुलका भिर्गिल भान डाइकले आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

यस्तै, खेलको ३२औँ मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गरे भने ८९औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । क्रिस्टल प्यालेसका ओड्सोने इडवार्डले खेलको ५५ औँ मिनेटमा गोल गरे ।

जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलको ४८ अङ्क भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५७ अङ्क छ  । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया