कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा दिने प्रस्ताव स्वीकृत

 माघ १२, २०७८ बुधबार १६:९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले चितवनको रामपुरमा रहेकाे कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ । 

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बुधवार मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै रामपुरकाे विश्वविद्यालयलाई सरकारी जग्गा उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरिएको जानकारी दिनुभएको हो । 

त्यसैगरी बैठकले स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ । लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसअनुसार विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री कार्कीले बताउनुभयो । 

सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने जापानी यान २५४१ मिलियन झन्डै दुई अर्ब ६१ करोड रुपैयाँसम्मको अनुदान सहायता स्वीकृत गर्ने, नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको विभिन्न प्रसारण लाइन तथा सबस्टेशन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने निर्णय पनि गरेको छ ।

यस्तै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति दिने, विभिन्न समयमा छापिएका, प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलाक स्टेशनहरू प्रचलनमा नल्याउने र कानुनअनुसार नष्ट गरी मिनाहा गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको मन्त्री कार्कीले बताउनुभयो ।

उहाँका अनुसार सरकारले भोजपुरकाे नेपाली सेनाको श्री फस्ट राइफल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीयवासीकाे स्वामित्वमा रहेको झन्डै २० रोपनी १५ आना २ दाम जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी कञ्चनपुर र कैलालीमा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापना गर्न कञ्चनपुरको शुक्लाफाँट नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाको वन क्षेत्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । 

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया