नयाँ बनाएपछि पुरानाे राहदानी प्रयोग नगर्न विभागकाे अनुरोध

 माघ १४, २०७८ शुक्रबार १५:३६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नयाँ राहदानी बनाएपछि हराएको वा चोरी भएको राहदानी भेटिएमा त्यसको प्रयोग गरी यात्रा नगर्न राहदानी विभागले अनुरोध गरेको छ ।

हराएर, चोरी भएर वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेपछि त्यसबाट यात्रा गरेमा कारबाही समेत हुन सक्ने विभागले जनाएको छ । विभागले एक सूचना जारी गर्दै नयाँ राहदानी बनाएपछि नयाँ मात्र प्रयोग गर्न भनेको हो ।

पछिल्लो समय विभागले विद्युतीय राहदानी जारी गरिरहेको छ । तर विभागले कोरोना महामारीको कारण गएको पुस ३० गतेदेखि राहदानी सम्बन्धी सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक कामका लागि बाहेक विभागले राहदानी जारी गर्ने छैन ।

पहिले नै विभागले दिएको बुकिङ तथा टोकन समेत अहिले विभागले स्थगित गरेको छ । अवस्था सामान्य हुँदै गएपछि पहिले पाएको बुकिङको प्राथमिकताको आधारमा सेवा दिन थाल्ने जनाएको छ ।

विदेशमा उपचार गर्न  जाने तथा अत्यन्त जरुरी काम परेको अवस्थामा भने इमेलमार्फत अनलाइन भरेको फारम, आवश्यक प्रमाण र कारणसहित अनुरोध गर्न सकिनेछ । इमेल [email protected] मा गर्न सकिने छ ।

विभागले सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृति भएका निवेदन बारे जानकारी गराउने छ । निवेदन स्वीकृति भएमा इमेल प्रिन्ट गरी तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न सकिन्छ । 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया