स्थानीय तहकाे चुनावलाई लिएर गठबन्धनले अघि सारेका विकल्प संविधानसम्मत छैन : गगन थापा

 माघ १४, २०७८ शुक्रबार १८:४६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको चुनाव संविधानसम्मत गर्नुपर्ने बताउनुभएको छ । आज शुक्रवार पार्टीकाे केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनावकाे सम्बन्धमा अघि सारेका विकल्पहरू संविधानसम्मत नभएको बताउनुभयो ।

कानुन संशोधन गरेर चुनाव गरे संविधानसम्मत नहुने भन्दै उहाँले संविधानसम्मत नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूले याे कुरा राखिसकेको उहाँले उल्लेख गर्नुभयो । गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री थापाले भन्नुभयो, ‘सभापतिलाई मैले आजको छलफलमा पनि भनिसकेको छु । र योभन्दा अगाडि पनि भनिसकेको छु । स्थानीय तहकाे चुनावकाे सन्दर्भमा अहिले जे–जस्तो विषय गठबन्धनभित्र प्रवेश भएको छ, र जुन–जुन विकल्पहरूको बारेमा छलफल भयो भनेर सञ्चारमाध्यमबाट बाहिर आएका छन्, ती कुनै पनि विषय संविधानसम्मत छैन । हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौँ र त्यसको आधारमा स्थानीय तहकाे चुनावकाे बारेमा हामी अहिले कानुन संशोधन गरेर निर्णय गर्छाैँ भनेर जुन कुरा आइरहेको छ, याे गर्‍याैँ भने यो संविधानसम्मत हुँदैन ।’

सभापति देउवाले याे कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिबद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिनुभयो । भाेलि शनिवार बस्ने गठबन्धनको बैठक स्थानीय तहको चुनाव तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया