उमाशंकर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न सर्वाेच्चकाे आदेश

 माघ १४, २०७८ शुक्रबार १९:९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजस्व छली मुद्दामा जेल परेका उमाशंकर रायभरलाई सर्वोच्च अदालतले  २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।  

उच्च अदालत पाटनले २०७७ साल फागुन १७ मा ७५ लाख रुपैयाँ धरौटी माग गरेकोमा त्यो बुझाउन नसकेपछि रायभर थुनामा परेका थिए । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले रायभरसँग ७५ लाख रुपैयाँ धरौटी माग गर्ने उच्च अदालत पाटनको आदेश बदर गरी २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

रायभरले नागरिकता प्रमाणपत्रको दुरुपयोग गरी आफ्ना नाममा विभिन्न कम्पनी खोली त्यसबाट राजस्व छली गरेका थिए । त्यही प्रकरणमा उनीमाथि २८ करोड रुपैयाँ राजस्व छली गरेको अभियोमा मुद्दा चलाइएको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया