फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले शैक्षिक संस्थाहरू माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । आज शुक्रवार बसेको सीसीएमसीसीको बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।
यस्तै विश्वविद्यालयका परीक्षालाई स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न अनुमति दिन बैठकले सिफारिस गरेको छ । साथै खोप केन्द्रहरूलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको प्रवक्ता नेपालको भनाइ छ ।
यस्तै बैठकले सार्वजनिक गाडीमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सार्वजनिक गाडीमा भिड बढ्दा कोरोनाको जोखिम झनै बढेको छ । ‘जिल्ल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले आफैँ पनि जोर–बिजोर हटाउन सक्ने भन्दै ‘प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रीपरिषदमा सिफारिस गरिएको सीसीएमसीसीले जनाएको छ । निजी गाडीको हकमा भने जोर–बिजोर प्रणाली लागू नै गर्न सिफारिस गरिएको छ ।
यस्तै यसअघि सिफारिस गरिएका डान्सबार, सिनेमा हल, क्लब लगायतलाई माघ मसान्तसम्म लम्ब्याउन सिफारिस गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Surendra Rokaya
Jan. 29, 2022, 2:23 p.m.सिटिभिटिले बन्द गरेको जांच कहिलेदेखि शुरु हुन्छ होला ??