सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने एक महिलालाई प्रहरीले काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको छ ।
पोखरा घर भएकी ३७ वर्षकी डाक्टर क्रिष्टना गुरुङ नाम राखेकी कान्ति राना गुरुङले जर्मनी पठाइदिने भन्दै एक व्यक्तिबाट १४ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरीपछि पीडितको जाहेरी अनुसार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई गएको आइतवार पक्राउ गरेको थियो ।
उनको कोठामा छापा मार्दा २१ वटा राहदानी, नाता प्रमाणित प्रमाणपत्र, अविवाहित प्रमाणपत्र, प्रहरी चारित्रिक प्रमाणपत्र लगायतका कागजात बरामद भएको प्रहरीले जनाएको छ ।
अहिलेसम्म कान्ति गुरुङबाट ठगिएका ३६ जना व्यक्ति सम्पर्कमा आएका र उनीहरुबाट दुई करोड ३१ लाख रुपैयाँ रकम लिएर ठगेको पाइएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । उनले अरु व्यक्तिलाई पनि ठगेको हुन सक्ने शङ्कामा प्रहरीले जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
घटनामा जोडिएका अन्य व्यक्तिको खोजी भइरहेको छ । कान्तिबाट ठगिएका अन्य व्यक्तिहरु भएमा महानगरीय प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दर्ता गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Janata
Feb. 10, 2022, 11:57 a.m.यस्ता ठग र दलालहरु समाजमा धेरै छन् । जनचेतनाको कमी र धेरै कमाउने लोभको कारणले मानिसहरु फँसेका छन् । साथै, सहजीकरण गर्ने निकायले अनावश्यक झंझट दिने र पुरा सूचना तथा जानकारी नदिंदा पनि दलालहरु प्रयोग भएका छन् । अबैध ढंगबाट विदेश जानेहरुलाई राज्यले उद्धार नगर्ने र उनीहरुले पठाएको रकम पनि अबैध हुने व्यवस्था पनि गर्नु पर्दछ । विदेश पठाउने नै हो भने, राज्यले सहज र सरल व्यवस्था गरोस, दलालहरु मौलाउने ठाउँ नदेओस ।