प्रिमियर लिगमा आर्सनल र ब्राइटन तथा क्रिस्टल प्यालेस र चेल्सीले ...
पुस २१, २०८१ आइतबार
रुसले युक्रेनको एउटा टापुमा कब्जा जमाएको छ ।
रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमामा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको हो ।
यस्तै, रुसी सेनाको आक्रमण पछि युक्रेनमा रहेकाहरु सुरक्षित ठाउँतर्फ भाग्न थालेका छन् ।
संयुक्त राष्ट्र सङ्घका अनुसार हिजो मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन् । त्यसमध्ये धेरैजसो आन्तरिक रूपमा विस्थापित भएका छन् । पोल्यान्डले युद्धका कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधि दिन युक्रेनसँगको सीमानाकामा सम्पर्क केन्द्र स्थापना गरेको छ ।
कतिपय युक्रेनी नागरिक रोमानिया र हङ्गेरी पुगेका छन् । अमेरिकाले युद्धका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।