श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ
कात्तिक ३०, २०८१ शुक्रबार
भारतीय सेनाका दुई पूर्व कमाण्डरले चीनको पछिल्लो कदमले डोकलाम घटनाजस्तै अर्को घटना घट्न सक्ने बताउका छन् ।
उनीहरुले यसका लागि भारतीय सेनाले प्रभावित सीमावर्ती आधारभूत संरचना बनाउनुपर्ने बताएका छन् ।
डोकलाममा भारत र चीनबीच भएको गतिरोधको बेला भारतीय सेनाको पूर्वी कमाण्ड सम्हाल्ने लेफ्टिेन्ट जनरल(सेवानिवृत्त) प्रवीण बख्शीले चिनियाँ सैनिकलाई रोक्न भारतीय सरकारले आफूहरुलाई पूर्ण स्वतन्त्रता दिएको बताउँदै भारत सरकारलाई धन्यवाद दिएका छन् ।
त्यस्तै पूर्वी उत्तरी क्षेत्रमा सैन्य कमाण्डर रहेका लेफ्टिनेन्ट जनरल डीएस हुड्डा(सेवानिवृत्त) ले पछिल्ला केही वर्षयता भारतीय र चिनियाँ सैनिकबीच डोकलाम, चुमार तथा डेमचोकमा देखिएको गतिरोध अलग–अलग प्रकारका घटना भएको बताएका छन् । यी तीनवटै क्षेत्रको विवादको उद्धेश्य पनि फरक–फरक भएको उनले बताएका छन् ।
इन्डिया इन्टरनेसनल सेन्टरमा ‘डोकलाम रिभिजिटेड’ नामक अन्तरक्रियामा बोल्दै हुड्डाले भविष्यमा डोकलामाजस्तै अन्य घटना चीनको तर्फबाट हुन सक्ने बताउँदै आधारभूत संरचना बनाउन ढिला भएमा भारतले ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन् ।
१४ वटा देशसँग सीमा जोडिएको चीनले सीमा विवाद विस्तारै हल गर्दै लगेको छ । अफगानिस्तान, भुटान, हङ्कङ, भारत, काजिकिस्तान, किर्जिकिस्तान, लाओस, मकाउ, मंगोलिया, म्यानमार, नेपाल, उत्तर कोरिया, पाकिस्तान, रुस, ताजिकिस्तान र भियतनामसँग चीनको सीमा जोडिएको छ ।
भारत, भुटानसँग मात्र चीनको सीमा विवाद कायम छ । चीनले भुटानसँगको विवाद भने भारतीय प्रभावका कारण सुल्झाउन सकेको छैन । भारतसँगै पनि चीनको सीमा विवाद ज्यूँका त्यूँ छ । तीन हजार ४ सय ८८ किलोमिटर सीमा जोडिएका यी ठूला देशबिच अझै दुई एक सय वर्गकिलोमिटर भन्दा धेरै क्षेत्र विवादित छ । सन् १९६२ मा भएको युद्ध पनि सीमा विवादकै कारण थियो ।
परराष्ट्र र रक्षा नीति भारत नियन्त्रित भएकाले भुटानले चाहेर पनि चीनसँग औपचारिक सम्बन्ध स्थापना र सीमा विवाद हल गर्न सकेको छैन । अहिले अन्तर्राष्ट्रिय चासोको विषय बनेको दुई सय ६९ वर्ग किलोमिटिर क्षेत्रफल भएको डोकलाम चीन र भुटानबीचको मुख्य विवादित क्षेत्र हो । तर, सीमा चीन भुटानको भएपनि विवाद भने चीन र भारतबीच भएकोे छ । भुटानको पश्चिम – उत्तर सीमामा पर्ने चीन नियन्त्रित डोकलाममा चीनले सडक नयाँ सडक निर्माण गरिरहँदा भारतीय सेनाले अवरोध गरेपछि दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थामा पुगेको थियो ।
चीनले ‘वान बेल्ट वान रोड’ नीति अन्तर्गत त्यस हिमाली क्षेत्रमा महत्वकांक्षी सडक विस्तारको योजना अघि बढाइरहेको छ । सुरुमा भुटानी सेना गएर चिनियाँ पक्षलाई रोक्ने प्रयास गरे पनि उसले नसकेपछि भारतीय सेना पुगेर सडक विस्तारमा अवरोध र्पुयाएको छ । चीन र भुटानको सीमामा भारतीय सैन्य चेकपोष्ट लामो समयदेखि रहँदै आएको छ ।
चीन र भुटानबिच डोकलामबाहेक अरु दुई ठाउँमा पनि सीमा विवाद छ । चार सय ९५ वर्गकिलोमिटर क्षेत्रफल रहेको जार्कालुङ र पासाम्लुङ पनि चीन र भुटानको विवादित क्षेत्र हुन् । यो विवाद मिलाउन दुई देशबीच सन् १९८४ देखि २४ पटक वार्ता भइसकेको छ । १९८८ र १९९८ मा दुई देशबिच विवादित क्षेत्रमा शान्ति स्थापना गर्ने र द्वन्द्व बढाउने खालका कुनै पनि गतिविधि नगर्ने सहमति भएको थियो । दुई पक्षबिच डोकलाम चीनलाई जार्कालुङ र पासाम्लुङ भुटानलाई हुने गरी सीमा विवाद मिलाउने सहमति भए पनि भारतीय हस्तक्षेपका कारण निष्कर्षमा पुग्न सकेको छैन ।
डोकलामभन्दा झण्डै ३० किलोमिटर पश्चिमतर्फ चुम्बी उपत्यकाको अन्त्यमा चीन, भुटान र भारतको त्रिदेशीय सीमा विन्दु छ ।
भारत आफ्नो सीमा नजिकैबाट चीनले सडक विस्तार गर्दा सिक्किम र त्यस आसपासमा चिनियाँ प्रभाव बढ्ने र त्यसले राष्ट्रिय सुरक्षामै असर गर्न सक्ने आँकलनसहित सडक विस्तारलाई रोक्न अघि सरेको प्रष्टै छ । सन् १९७५ मा सिक्किमलाई आफूमा विलय गराएको भारत त्यहाँ हुन सक्ने गतिविधिप्रति बढी नै संवेदनशील हुँदै आएको भारतीय सञ्चार माध्यमको भनाई छ । त्यस क्षेत्रमा चीनले सडक विस्तार गरेमा चुम्बी उपत्यकाको अन्त्यमा पर्ने ‘चिकेन्स नेक’ सम्मै चीनको उपस्थिति हुने डर भारतलाई छ ।
नेपाल र बंगलादेश सीमासँग जोडिएको ‘चिकेन्स नेक’ भारतको त्यस्तो सामरिक महत्वको क्षेत्र हो, जहाँबाट उसले अरुणाञ्चल, आसाम, मेघालाय, मनिपुर, मिजोरम, त्रिपुरा र नागाल्यान्ड राज्यसँग आवतजावत स्थापित गर्दछ । त्यस क्षेत्रलाई भारतले संवेदनशील क्षेत्रको सूचीमा राख्दै आएको छ । जसका कारण भारत डोकलाममा भइरहेको सडक बिस्तार जसरी पनि रोक्ने रणनीतिमा देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Tikaram haire
Sept. 15, 2018, 12:25 p.m.भारतले नेपालको कति सीमा मिचेको छ , थाहा छ ? कुरा अरुको गर्छौं, नेपालको बारे कति जानकार छौ नेपाली पत्रकार ?