विभागले म्यानपावरसँग मलेसियामा कामदार पठाउँदाको हरहिसाब माग्यो

 जेठ ८, २०७९ आइतबार १५:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले रोजगार इजाजतप्राप्त संस्था अर्थात् म्यानपावरसँग मलेसियामा कामदार पठाउँदाको सम्पूर्ण विवरण मागेको छ ।

नेपाल र मलेसिया सरकारबीच सन् २०१८ मा भएको द्वीपक्षीय सम्झौताअनुसार नेपाली श्रमिकलाई आतेजाते हवाइ टिकट, भिसा जारी तथा नवीकरण दस्तुर, लेबी लगायतका शुल्कहरु रोजगारदाताले नै बेहोर्ने व्यवस्था छ । तर मलेसियामा नेपाली श्रमिक पठाउँदा म्यानपावर कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको र श्रमिकबाट सम्झौता विपरीत रकम लिने गरेको भन्दै मलेसियामा श्रमिक पठाएको हरहिसाब विभागले मागेको हो । 

द्वीपक्षीय सम्झौता भएको मितिदेखि मलेसिया पठाएका श्रमिकहरुको रोजगारदातासहितको विवरण र मलेसिया पठाउँदा रोजगारदाताबाट प्राप्त भएको हवाइ टिकट खर्च लगायतका सेवा शुल्कको आम्दानी र खर्चको विवरण माग गरेको छ । यी सबै विवरण सूचना जारी भएको दिन (जेठ ६ गते) देखि ७ दिनभित्र विभागको इमेल [email protected] मा पठाउन भनेको छ । 

गएको बैशाखमा श्रम, राजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सहितको टोली मलेसिया भ्रमणमा जाँदा यो विषयमा छलफल भएको थियो । मागपत्र प्राप्त गर्नको लागि ठूलो रकमको चलखेल हुने गरेको र त्यसको नकारात्मक असर नेपाल मलेसिया सम्बन्धमा पर्ने भएकाले त्यसो नगर्न पनि विभागले म्यानपावरलाई आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया