बालेन्द्र साहको घोषणा : नगर सभाको बैठक लाइभ, फोहर व्यवस्थापन नभएसम्म फूलमाला र खादा नलगाउने

 जेठ १६, २०७९ सोमबार १३:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबहाली गर्नुभएको छ । राष्ट्रिय सभा गृहमा शपथ ग्रहण गरे पनि साहले महानगरपालिकाको कार्यालयमा गएर पदबहाली गर्नुभएको हो । 

उहाँले आजको पहिलो नगर सभाको बैठक लाइभ पनि गर्नुहुने भएको छ । आफ्नो चुनावी प्रतिबद्धताअनुसार नगर सभाको बैठक लाइभ गरिने साहले जानकारी दिनुभयो । जनप्रतिनिधिले गर्ने निर्णय पारदर्शी हुनुपर्ने र नागरिकले थाहा पाउनुपर्ने भएकाले बैठक लाइभ गरिने उहाँकाे भनाइ छ ।  

यस्तै मेयर साहले काठमाण्डौको फोहर व्यवस्थापन नगरेसम्म खुसी नमनाउने र फूलमाला तथा खादा नलगाउने पनि बताउनुभएको छ । आफ्नो मुख्य एजेन्डा नै काठमाण्डौको फोहर व्यवस्थापन भएकाले नुवाकोटका नागरिकलाई असर नपर्ने गरी फोहर व्यवस्थापनको काम गर्ने साहको भनाइ छ । 

‘हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौँ । हामीले गरेको पापको भारी सिसडोलवासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग लागेको छ । यो शोक मनाउने बेला हो, फोहरको व्यवस्थापन नहुन्जेल र सिसडोलवासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरू काम हुँदैन’, साहले भन्नुभएको छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Lokesh Bhattrai

    May 31, 2022, 8:31 a.m.

    जय नेपाल नेपाल आमा को छोरा हो। दाइ(बलेन ) हजुरको साथ मा पुरा नेपाल छ। यि नेता लाई देखऊनु (POWER OF UNITY) #Jay_ nepal

  •  0 Reply

तपाईको प्रतिक्रिया