ललितपुरको कोन्ज्याेसोम गाउँपालिकाले सोनाम ल्होछारमा ५ दिन बिदा दियो

 माघ १४, २०८१ सोमबार १५:१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुरको कोन्ज्याेसोम गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा ५ दिन स्थानीय बिदा दिएको छ । झन्डै ८० प्रतिशत तामाङ समुदाय बस्ने गाउँपालिकाले हिजोदेखि आउँदो १७ गतेसम्म सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय र विभिन्न सङ्घ–संस्थालाई सार्वजनिक बिदा दिइएको गाउँपालिकाको सूचनामा उल्लेख छ ।

यस्तै मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पनि तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ । माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिएको गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यही माघ १७ गते तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होछार २८६० मनाउँदैछन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा ल्होछार मनाउँछन् ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया