दक्षिण कोरिया विमान दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या ८...
पुस १४, २०८१ आइतबार
युक्रेनका सुरक्षा प्रमुख इभान बाकानोभ बर्खास्त हुनुभएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख बाकानोभसहित अरू केहीलाई रुससँग साँठगाँठ गरेको आरोपमा बर्खास्त गरेको समाचार संस्था एपीले जनाएको छ ।
रुसी युद्ध अपराधको अभियोग निरूपण गर्ने निकायको नेतृत्व गर्ने अभियोजक जनरल इरिना भेनेडिक्टोभालाई पनि बर्खास्त गरिएको छ । बर्खास्तमा परेकाहरूमाथि रुस नियन्त्रित क्षेत्रहरूमा युक्रेनविरुद्ध काम गरेको, आफ्नो भूमिमा रुसी घुसपैठ तथा राज्यको राष्ट्रिय सुरक्षालाई बेवास्ता गरेकोलगायत आरोप लागेको छ ।
रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएको छ । आक्रमणको ६ महिना पुग्नै लाग्दा पनि दुई देशबीचको युद्ध राेकिने सम्भावना देखिएकाे छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।