सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो
पुस १४, २०८१ आइतबार
श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ ।
कार्यवाहक राष्ट्रपति रनिल बिक्रमासिङ्गेले हिजो श्रीलङ्कामा सङ्कटकालको घोषणा गर्नुभएको थियो । उहाँले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा अत्यावश्यकीय सेवा आपूर्तिका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताउनुभएको थियो । त्यहाँ नयाँ राष्ट्रपति चुन्न प्रक्रिया सुरु भएको छ ।
श्रीलङ्कामा भोलि नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षे श्रीलङ्काबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुग्नुभएको छ । तर सिङ्गापुरको विदेश मन्त्रालयले उहाँलाई तत्कालका लागि मात्रै शरण दिएको तर राजनीतिक रुपमा शरण दिन नसकिने जनाएको छ ।
आर्थिक सङ्कटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेसहित परिवारले नै देश छाडेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।