अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो
पुस १४, २०८१ आइतबार
जापानले सेप्टेम्बर २७ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेको सम्मानमा राष्ट्रिय अन्त्येष्टि कार्यक्रम गर्ने भएको छ ।
आउँदो सेप्टेम्बर २७ अर्थात असोज ११ मा हुने अन्त्येष्टिमा विदेशी नेताहरु सहभागी हुने अपेक्षा छ । यो समारोह राजधानी टोकियोको निप्पोन बुडोकानमा हुनेछ ।
सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले जापानमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा आबेको रेकर्ड, उहाँको कामकाे उपलब्धि र विदेशी नेताहरूसँगको सम्बन्धले राष्ट्रिय अन्त्येष्टि समारोह उपयुक्त रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
गएको जुलाई ८ मा पश्चिमी सहर नारामा भएको राजनीतिक कार्यक्रममा आबेलाई गोली हानिएको थियो । उहाँको उपचारका क्रममा निधन भएको थियो ।
जापान सरकारले यसअघि सन् १९६७ मा पनि एक पूर्व प्रधानमन्त्रीको निधनमा राष्ट्रिय अन्त्येष्टि गरेको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।