अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो
पुस १४, २०८१ आइतबार
अमेरिकाले झन्डै एक दशकपछि पहिलो पटक पोलियोको बिरामी भेटिएको पुष्टि गरेको छ ।
न्युयोर्कको स्वास्थ्य विभागले रकल्यान्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि पुष्टि गरेको हो ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकाले सन् २०१३ मा अन्तिम पटक पोलियोको बिरामी भेटिएको थियो । मुखबाट दिइने पोलियो खोप (ओपीभी) लिएका व्यक्तिबाट पछिल्लो सङ्क्रमण सरेको भेटिएको स्वास्थ्य अधिकारीले बताएका छन् । तर, सन् २००० मा संयुक्त राज्य अमेरिकामा पोलियोका लागि मुखबाट दिइने खोप बन्द गरिएको थियो ।
न्युयोर्कको स्वास्थ्य विभागले खोप नलगाएका मानिसलाई पोलियो खोपको मात्रा लिन आग्रह गरेको छ । पोलियोलाई उन्मूलन गर्न विश्वव्यापी प्रयास हुँदै आएको छ । पोलियो घातक भाइरल रोग मानिन्छ । जसले मुख्यगरी पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ ।
अमेरिकामा सन् १९८८ पछि पोलियो सङ्क्रमितकाे सङ्ख्या ९९ प्रतिशतले घटेको छ । सन् १९८८ मा १ सय २५ वटा देशमा पोलियो फैलिएको थियो । अमेरिकामा सन् १९६० दशकको सुरुतिर खोप विकास भएपछि पोलियो न्यूनीकरण भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।