अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो
पुस १४, २०८१ आइतबार
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरेसम्म युद्धविराम नहुने बताउनुभएको छ । द वाल स्ट्रीट जर्नलसँगको कुराकानीमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरीकनै युद्धविराम गर्दा उसलाई झनै सहज हुने ।
उसको जित जस्तै मानिने भएकाले युक्रेनको सबै भूमि फिर्ताविना युद्धविराम हुन नसक्ने बताउनुभएको छ । युद्धविरामको फाइदा उठाएर रुसले युद्धको थप तयारी गर्ने र पुनः आक्रमण थाल्ने भएकाले भरपर्दो सम्झौताविना युद्धविराम गर्न नहुने पनि जेलेन्स्कीको भनाई छ । विभिन्न बहानाबाजी गर्दै रुसले तत्कालीन सोभियत संघमा आबद्ध राज्यलाई आफ्नो नियन्त्रणमा लिने कोसिस गरिरहेको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि विश्वभरबाट दवाब र प्रतिबन्ध नलगाएमा विश्वकै लागि रुसका गतिविधि खतरनाक बन्दै जाने पनि दाबी गर्नुभयो ।
गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेयता दुवै देशका हजारौँ सैनिक मारिएका छन् । युक्रेनबाट लाखौँ नागरिक शरणार्थीको रुपमा युरोपका विभिन्न देशमा पुगेका छन । खबौँ डलर बराबरका लडाकु विमान, मिसाइल र आधुनिक हतियार पनि नष्ट भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।