नेपालसँग टी–२० शृङखला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरि राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लङ्घन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।
बुधवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभा विघटन गरेर पहिलो चोटि संविधान उल्लङ्घन गर्नुभएकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फेरि संविधान उल्लङ्घन गरेको भन्दै आपत्ति जनाउनुभयो । दोस्रो पटक पनि सङ्घीय संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘आज गणतान्त्रिक कालमा प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिबाट दुई चोटि सदन भङ्ग भयो । त्यसलाई हटाउन दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवी, यही मिडिया र सम्पूर्ण नेपाली जनताको प्रयासले संविधान ट्र्याकमा ल्याउने काम भएको थियो । आज दुई वटै सदनबाट पास भएर विधेयक गएको थियो । त्यसलाई सम्माननीय राष्ट्रपतिजीले प्रमाणीकरण नगरि फेरि एकचोटि संविधान उल्लङ्घन गर्नुभएकाे छ ।’
पूर्वराष्ट्रपति यादवले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक देशहरूको परम्परा र संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । राष्ट्रपतिले त्याे विधेयक प्रमाणीकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली नागरिकलाई सजग भएर लाग्नुपर्ने उहाँकाे भनाइ थियाे ।
पूर्वराष्ट्रपति यादवले केपी ओली नेतृत्वको सरकारले संविधान विपरीत प्रतिनिधि सभा भङ्ग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र र नागरिकले बचाएको उल्लेख गर्दै फेरि पनि संविधान बचाउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति भण्डारीको यो कदम पनि नसच्चिए फेरि देशमा प्रतिगमन हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।