नेपालसँग टी–२० शृङखला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै आज बिहीवार सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । अधिवक्ता सुनीलरञ्जन सिंह, अधिवक्ता सुनीलकुमार यादव र विजय पोखरेल, अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र 'काठमाण्डाै स्कुल अफ ल' मा अध्ययनरत अविनेश अधिकारीले संयुक्तरूपमा र मोरङको रङ्गेली नगरपालिकाका देव शर्माले नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख भएको प्रावधानलाई उल्लङ्घन गरेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दिएका पाँच वटा रिट आज दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । रिटमा सुनीलरञ्जन सिंहले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाएर विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्नुभएको छ ।
सङ्घीय संसद्का दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संविधानको व्यवस्था विपरीत राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरि संविधानलाई नै मिच्ने काम गरेको रिटमा उल्लेख छ ।
सरकारले दुवै सदनबाट पास गरेर पठाएको नागरिकता विधेयक पहिलो पटक राष्ट्रपति भण्डारीले १५ औँ दिनमा केही सुझावसहित प्रतिनिधि सभालाई नै फिर्ता पठाउनुभएको थियो । त्यसपछि सरकारले पुनः विधेयकलाई जस्ताकाे तस्तै दुवै सदनबाट पास गरेर पठाए पनि राष्ट्रपतिले संविधानमा उल्लेख भएको १५ दिनभित्र प्रमाणीकरण नगरेपछि आलोचना र समर्थन दुवै भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।