टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
ललितपुर - नख्खु कारागारबाट भागेका एक कैदीलाई प्रहरीले एक घण्टामै पक्राउ गरेको छ । घटना मंगलबारको हो । नख्खु कारागारबाट बेलुकी भागेका बेलायती नागरिक मुकत्तर हुसेन इसराम एक घण्टामै पक्राउ परेका प्रहरीले जनाएको छ ।
भिसा अवधि सकिए पनि काठमाडौंमै बसेका उनलाई प्रहरीले १६ महिनाअघि पक्राउ गरेको थियो । मंगलबार बेलुकी उनी भागेका थिए ।
बेलुकी ६ बजेपछि मात्रै हुसेन भागेको सूचना पाएको ललितपुर प्रहरीले एक घण्टामै पुल्चोकबाट पक्राउ गर्न सफल भएको हो ।
‘हामीलाई बेलुकी मात्रै सूचना आएको थियो’ जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी उपरीक्षक एसपी शेखर खनालले भन्नुभयो ‘सबै प्रहरी युनिटलाई खबर गरेर जाँच शुरु गर्दा पुल्चोकबाट पक्राउ गरेका हौं ।’
नख्खु कारागारमा अहिले सशस्त्र प्रहरी र नेपाली प्रहरीले सुरक्षा दिइरहेको छ । तर हुसेन प्रहरीकै मिलमतोमा भागेका कारागार स्रोतले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको नख्खु कारागारका जेलर जीवन दुलालले बताउनुभयो । अनुसन्धानबाट प्रहरी दोषी देखिएका कारबाही गरिने पनि उहाँको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।