यस्तो छ रवि लामिछानेसहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)
पुस ८, २०८१ सोमबार
अछाम - अछाम जिल्लाका दुवै निर्वाचन क्षेत्रको सबै मतपरिणाम सार्वजनिक भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको अछामममा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
अछाम क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य श्रम,रोजगार सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर कुल १९ हजार ५ सय ३४ मतका साथ नेकपा एमालेका झपट बोहरालाई पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयाे ।
नेकपा एमालेका झपट बहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गर्नु भएको छ। ४ हजार ४ सय ८९ मतान्तरले गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समादी शेर बहादुर कुँवर विजयी हुनुभयाे ।
अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पुष्प बहादुर शाहले २२ हजार ९५४ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका यज्ञ बहादुर बोगटीले १६ हजार ११४ मत प्राप्त गर्नुभयो ।
अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेश सभा सदस्यतर्फ नेपाली कांग्रेस मेघराज खड्का १२ हजार ३ सय ३७ प्राप्त गर्दै विजयी बन्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत ल्याउनुभएकाे छ।
त्यस्तै अछाम क्षेत्र न १ प्रदेश सभा (२) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका झपट साउदले १२ हजार ११५ मत ल्याइ विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण प्रसाद जैसीले ९ हजार १९ मत पाउनुभयो । अछाम क्षेत्र नं. २ को प्रदेश सभा (१) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अक्कल बहादुर रावलले ११ हजार २३१ मत ल्याइ विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भीम बहादुर विष्टले ८ हजार ४ सय ५२ मत प्राप्त गर्नुभयो ।
यस्तै क्षेत्र न २ प्रदेस सभा (ख) को प्रदेश सभा सदस्यतर्फ नेपाली कांग्रेसका नेता मान बहादुर रावल विजयी हुनुभएकाे छ । साझा गठबन्धनका उम्मेदवार रहेका रावल २ हजार ५ सय ५२ को फराकिलो मतान्तरले विजयी हुनुभएकाे हाे।
सदर मतमा सत्ता गठबन्धनका उम्मेदवार रहेका रावलले ११ हजार २ सय १६ प्राप्त गर्नुभएकाे छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका शिवप्रसाद उपाध्यायले ८ हजार ६ सय ३४ मत पाउनु भएकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ ।