नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं – चलचित्र ‘प्रेमनाथ’को शूटिङ सम्पन्न भएको छ । चलचित्रका केही दृश्य छायांकन गर्न बाँकी भए पनि चलचित्रको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ ।
चलचित्रका निर्देशकका अनुसार प्रारम्भिक चरणको सम्पादनको काम पनि सुरु भइसकेको छ । कृति गौतमले डेब्यू गरेको चलचित्र प्रेमनाथको शूटिङ कपिलवस्तु, दाङ, रोल्पालगायतका ठाउमा गरिएको बुझिएको छ ।
चलचित्र प्रेमनाथ नेपालसँगै भारतमा समेत रिलिज गर्ने तयारी चलचित्र निर्माण टिमले गरेको छ । नेपालमा चलचित्र वितरणको जिम्मा गोपाल कायस्थले लिएका छन् । भारतमा वितरणको जिम्मा भने बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका बुझिएको छ । चलचित्रको रिलिज भने २०७६ को जेठमा गर्ने तयारी भइरहेको बुझिएको छ ।
चलचित्रको निर्देशन गणेश बेलबासेले गरेका हुन् । ‘उहिले बाजेको पालामा’पछिबेलबासेले चलचित्र‘प्रेमनाथ’को निर्देशन गरेकाहुन् । चलचित्रका कार्यकारी निर्माता कपिलप्रसाद द्वा हुन् । चलचित्रमा भरत क्षेत्रीको द्वन्द्व रहेको छ भने सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले संगीत दिएका छन् । चलचित्रका गीतहरुमा राजेश पायल राई, भुपु पाण्डे, सूची पन्थी र बेनुका राईको स्वर सुन्न सकिन्छ ।
चलचित्रमा कमल गाउँले, निर शाह, कृति गौतम,सुरवीर पण्डित, राज थापा, मियुम जिरेल, शेखरजंग मल्ल, मोनालिसा विष्ट, सम्झना भेटवाल, पूजा रिमाललगायतको अभिनय रहेको छ भने निर्देशक गणेश बेलबासेले पनि चलचित्रमा अभिनय गरेका छन् ।
चलचित्रमा निर्देशक बेलबासे खलनायकको रुपमा प्रस्तुत भएको बुझिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।