निजी क्षेत्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनैपर्ने
मंसिर ११, २०८१ मंगलबार
भारतमा राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल फिल्म ‘क्वीन’ निर्देशन गरेका निर्देशक विकास बहलमाथि अभिनेत्री कंगना रनावतले यौन शोषणको आरोप लगाएकी छिन् । कंगनाबाहेक फ्यान्टम फिल्मस्की एक महिला कर्मचारीले पनि विकास बहलले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।
अहिले अभिनेता ऋतिक रोशनलेसमेत विकास बहलका बारेमा बयान दिएका छन् । ऋतिक रोशनले दिएको बयान यतिबेला चर्चामा किनकी उनी विकास बहलको निर्देशनमा बनिरहेको फिल्म ‘सुपर ३०’ मा काम गरिरहेका छन् । यो फिल्म अर्को वर्ष रिलिज हुनेछ ।
यसअघि सम्म एकसाथ फ्यान्टम फिल्म्स् सञ्चालन गरिरहेका निर्देशक अनुराग कश्यप र विक्रमादित्या मोटवानीले पनि विकास बहलको साथ छोडीसकेका छन् । अहिले ऋतिकले पनि विकाससँग काम नगर्ने कुरा ट्वीटरमार्फत सर्र्वजनिक गरेका छन् ।
ऋतिकले लेखेका छन्, ‘मेरा लागि यस्ता कुनैपनि व्यक्तिसँग काम गर्न असम्भव छ जो निकै घृणित काममा दोषी देखिएका छन् । म यस कुराबाट टाढा नै छु र मलाई यस विषयमा थोरैमात्र जानकारी छ ।’
उनले अगाडी भने, ‘मैले सुपर ३० का निर्माताहरुलाई यस विषयमा छिटोभन्दा छिटो जानकारी लिएर कडा कार्वाही गरियोस् भनेको छु । यो त्यस्तो कुरा होइन जसलाई कुनै बहानामा दबाएर राखियोस् । दोषीहरुलाई कडा कार्वाही हुनुपर्छ र सम्पूर्ण पीडितहरुलाई बलियो बनाएर उनीहरुलाई बोल्न सक्ने सामर्थ्य दिनुपर्छ ।’
— Hrithik Roshan (@iHrithik) October 8, 2018
फिल्म ‘सुपर ३०’ विकास बहलको महत्वपूर्ण फिल्ममध्येको एक हो । यो फिल्म बिहारका शिक्षक आनन्द कुमारको जीवनीमा आधारित छ ।
फिल्ममा अभिनेता ऋतिक रोशन शिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । यौन शोषणको आरोप लागेपछि विकास बहललाई अमेजन प्राइमको एक वेब सिरिजबाट पनि निकालिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kilu
Oct. 9, 2018, 8:44 p.m.स्थापित भैसकेका कलाकारहरुलाई यो हालत छ .. अझ कलाकार बन्ने सपना बोक्ने कैयौं नेपाली र भारतीय छोरीहरुले यस्ता कत्ति दुर्व्यवहारलाई सहज स्विकार्नु परिरहेको यथार्थलाई कहिले र कसले बाहिर ल्याउने कुन्नि /