तराई/मधेशमा लगातार हुस्सु र कुहिरो : पूर्वपश्चिम राजमार्गको ख...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राष्ट्रिय टोलीका सदस्य समेत रहेका आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलमलाई पक्राउ गरेको हो ।
आदिल अन्सारीले गएको जेठमा अमेरिकासँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । दुवै खेलाडीले स्पट फिक्सिङको योजना अनुसार काम गरेको सीआईबीको दाबी छ । उनीहरुले नेपाल टी–२० क्रिकेटको व्यापारिक अधिकार पाएको सेभेन थ्रि स्पोर्ट्सका मालिकको योजनालाई सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।
सीआईबीले बेलैमा एक्सन लिएका कारण खेल मिलेमतो अर्थात् म्याच फिक्सिङ हुन नपाएको तर स्पट फिक्सिङ भने भएको सीआईबीले जनाएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा विदेशी खेलाडी समेतको सहभागितामा गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा नेपाल टी–२० क्रिकेट लिग भएको थियो ।
खेल मिलमतोको आशङ्का भएपछि सीआईबीले प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । पूरै खेलमा मिलेमतो गरेका प्रमाण कम रहेको तर क्याच आउट, रन आउट, चौका, छक्का लगायतका विषयमा खेलका अफिसियलसमेत मिलेमतोमा जोडिएको सीआईबीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।