निजी क्षेत्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनैपर्ने
मंसिर ११, २०८१ मंगलबार
काठमाडाैं - आमा सरस्वती मुभिजको ब्यानरमा बनेको सिनेमा छक्का पञ्जा ३ आज देखि प्रदर्शनमा आएको छ ।
सिनेमाको सुरुवाती कारोबार नै आक्रामक भएको छ । बुधबार देशभरका सबै हलमा ९० प्रतिशत अकुपेन्सी भएको निर्माण पक्षले जनाएको छ ।
यस पटक सिनेमाले उठाएको विषयवस्तु दर्शकले अत्यधिक रुचाएका छन् । पहिलेको तुलनामा छक्का पञ्जाले कम हँसाएको भए पनि सिनेमाले उठाएको विषयवस्तु राम्रो भएको धेरैको प्रतिक्रिया छ ।
यो टिमसँग पहिलो पटक जोडिएकी र सिनेमामा मुख्य भूमिकामा प्रस्तुत भएकी अभिनेत्री दीपिका प्रसाईँको कामको पनि चौतर्फी तारिफ भइरहेको छ । दीपिकाको यो दोस्रो सिनेमा हो । दोस्रो सिनेमापछि दीपिकाको करिअर फस्टाउनेमा दुईमत छैन ।
हालै मात्र उनी नवल नेपालको आगामी सिनेमाका लागि पक्का भैसकेकी छिन् । त्यस्तै अन्य केही सिनेमाको लागि पनि कुरा भैरहेको जानकारी पाइएकाे ।
दीपिका छक्का पञ्जा ३ को प्रचारमा कम हिँडिन् । यही कारण पनि कतिपयले उनको र निर्माण पक्षको सम्बन्ध चिसिएको अनुमान लगाए । तर दीपिकाले भने यसबारेमा कुरा गर्दै आफ्नो र निर्माण पक्षको सम्बन्ध राम्रो भएको बताएकी छिन् । उनले सार्वजनिक भएका यी सबै खबरहरु गलत भएको उल्लेख गरेकी छिन् ।
दीपिकाले आफूलाई क्राइम पट्रोलको लत लागेको बताइन् । उनले दिनमा एउटा क्राइम पट्रोलको एपिसोड नहेरेसम्म निन्द्रा नलाग्ने पनि खुलाइन् । क्राइम पट्रोल भारतीय च्यानल सोनी इन्टरटेनमेन्टबाट प्रसारण हुने शो हो जसमा देशमा भएका विभिन्न अपराधहरुलाई देखाइन्छ ।
उनले छक्का पञ्जा ३ को छायांकन गाउँमा गर्ने क्रममा क्राईम पट्रोलका केही एपिसोड छुटेको र पछि होटेल वा घरमा आएपछि हेरेको पनि बताइन् ।
– उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।