तराई/मधेशमा लगातार हुस्सु र कुहिरो : पूर्वपश्चिम राजमार्गको ख...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाैकाे गाेङ्गबु नयाँ बसपार्ककाे ल्हाेत्से मलमा भएकाे ताेडफाेड र लुटपाट तथा प्रहरी बिटमा आगजनी गर्ने कार्यमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
गएकाे साेमवार यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शनका क्रममा भएकाे घटनामा संलग्नहरूलाई काठमाण्डाैका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु र महाराजगञ्ज पठाइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार पक्राउ परेकाहरू धेरैजसाे चालक सहचालक र यसअघि विभिन्न आपराधिक घटनामा संलग्न रहेका छन् ।
पक्राउ पर्नेहरूमा काभ्रेकाे पाँचखालका सहचालक सुरज मगर, उदपुरकाे चाैदण्डी घर भएर ज्याला मजदुरी गर्ने रितेश बस्नेत, माेरङकाे बेलबारी घर भएर ज्याला मजदुरी गर्ने यमन राई रहेका छन् । यिनीहरू ल्हाेत्से मलमा भएकाे चाेरीमा संलग्न रहेका पाइएकाे प्रहरीले जनाएकाे छ ।
यस्तै आगजनी र ताेडफाेडमा संलग्न नुवाकाेटकाे ककनी घर भएका विद्यार्थी सुनिल कालिकाेटे, काठमाण्डाैकाे माछापाेखरीका व्यापारी राेमन नगरकाेटी, नुवाकाेटकाे ककनी घर भएका विद्यार्थी सुदिप तामाङ, काठमाण्डाैकाे माछापाेखरीका व्यापारी माधव शाही, नुवाकाेटकाे सूर्यगढी घर भएका सहचालक केशर राई र सिन्धुलीकाे सिन्धुलीगढी घर भएका सहचालक इन्द्र तामाङ पक्राउ परेका छन् । यस्तै प्रहरीले धादिङकाे नीलकण्ठ घर भएका चालक ईलाराज गुरुङ, उदयपुरकाे उदयपुरगढीका सहचालक राजन राउत, काभ्रेकाे नमाेबुद्ध घर भएका चालक हरिशरण तामाङ, धादिङकाे नीलकण्ठ घर भएका सहचालक विकाश गुरुङ, चितवनकाे रत्ननगर घर भएका चालक संविधान परियार र काठमाण्डाैकाे समाखुसी घर भएर हाेटलमा वेटरकाे काम गर्ने कविन खड्गीलाई पक्राउ गरेकाे छ ।
प्रहरीले हिजै ल्होत्से मलमा लुटपाट गर्ने चार जना तथा प्रहरीका दुई वटा भ्यान र प्रहरी बिट जलाउने छ जनालाई पक्राउ गरिसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।