उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
सप्तरी - सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर ९ विष्णुमन्दिर नजिक दुई वटा जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षका हरेराम साह हलुवाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
उनीहरुलाई स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ ।
यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर ३ पोर्तहामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ वर्षीय एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।