नापी सर्भेक्षक र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ

 चैत १५, २०७९ बुधबार ८:१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाण्डौको मनमैजु नापी कार्यालयमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई घुस रकम तथा स्रोत नखेलेको गरी झण्डै २७ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

नगद तथा स्रोत नखुलेको चेकको रकमसहित २७ लाख २९ हजार ८ सय ८८ रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । काठमाण्डौको तारकेश्वर नगरपालिका मनमैजु नापी कार्यालयमा जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उपरकोटी र कार्कीलाई पक्राउ गरेको हो ।

सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीलाई सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको र थप खानतलासी गर्दा स्रोत नखुलेको सात लाख ६९ हजार पाँच सय रुपैयाँ तथा लेखापढी व्यवसायी अभिशेक कार्कीको नाममा काटिएको १६ लाख रुपैयाँको तीन थान तथा सर्भेक्षक उपरकोटीको साथबाट स्रोत नखुलेको एक लाख ८५ हजार तीन सय अठासी रुपैयाँसहित मनमैजुबाट पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया